आज साउने संक्रान्ति पर्व

काठमाडौं।आज बाट नेपालीहरुका चाड पर्वहरु सुरुवात भएका छन । जसअन्तर्गत आज साउने संक्रान्ति पर्व हो। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ।
गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ।असार महिनाभरि खेतीपातीमा लाग्ने र हिलो मैलोले विभिन्न छालासम्बन्धी रोग लाग्ने भएकाले रोग निको पार्न लुतो फाल्ने गरिएको विश्वास रहिआएको छ ।साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ।
महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्छ।
कमेन्ट गर्नुहोस !