सन्धिखर्क ५ मा रहेको लामपाटी दरबार क्षेत्र अतिक्रमण भएको खुलासा

अर्घाखाँची ।अर्घाखाँचीका सन्धिखर्क नगरपालिका–५ मा अवस्थित ऐतिहासिक लामपाटी दरबार क्षेत्र अतिक्रमण भएको खुलेको छ ।उक्त क्षेत्रमा जंगबहादुर राणाको जन्मस्थल हो।जहाँ १० रोपनी बढी जग्गा अतिक्रमण भएको छ ।यस विषयमा पटक पटक विषय उठान गर्दा समेत सम्बन्धित निकायले ध्यान दिन नसक्दा अतिक्रमण बढ्दै गएको छत्रदेव गाउँपालिका वडा नम्बर २का पुर्व वडा अध्यक्ष राजेश पन्थीले बताउनुभएको छ ।यस क्षेत्रको संरक्षण र प्रचारप्रसारमा टेवा पुगोस भने रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।पन्थीका अनुसार यस विषयमा आफु मुÞद्वा लडेको समेत बताउनुभएको छ ।
अन्तरक्रिया कार्यक्रममा उनै पन्थीले विषय बस्तु उठान गरेपछि सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले राज्यको गहनाको रुपमा रहेको जग्गा फिर्ता गर्न लाग्ने प्रतिबद्वता जनाउनुभएको छ ।यो जग्गा लामपाटी दरबार क्षेत्रको अधिकारी क्षेत्रमा फिर्ता गर्न कुनै प्रकारको कमी कमजोरी गर्दिन म आज यहाँ सहभागी सम्पुर्णलाई मनैदेखि भन्छु लेखेर राख्नुहोला म भन्छु उहाँको भनाई थियो ।
साथै दरबारको संरक्षणको लागि आवश्य बजेट विनियोजन गर्ने समेत बताउनुभएको हो ।

लामपाटी दरबार क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई उजागर गर्दै यसको यथाशीघ्र संरक्षणमा पुर्वाधारको पनि आवश्यक रहेको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाई छ ।जिल्ला समन्वय समिति अर्घाखाँचीका निवर्तमान प्रमुख पिताम्बर शर्मा भुसालले जगं बहादुर राणाको जन्म स्थल मथुराको महत्व राज्यले बझ्न नसकेको गुनासो गर्नुभएको छ । लामपाटी दरबार जस्ता ऐतिहाँसिक क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै पर्यटकिय स्थलको रुपमा विकास गर्नुपर्नेमा राज्यले प्रयाप्त ध्यान दिन नसक्दा जग्गा समेत हराउँदै गएको उहाँको तर्क छ ।

सन्धिखर्क नगरपालिकाका निवर्तमान नगरप्रमुख कमल प्रसाद भुसालले ऐतिहाँसिक स्मृति, सामाजिक परम्परा र सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्यको भूमिका गम्भिर र जवाफदेहि हुनुपर्ने बताउनु भएको छ।जिल्लामा रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र विकासको निम्ती स्थानिय सरकारले डि.पि.आर.गरेर काम अगाडि बढाउन उहाँको सुझाव छ ।
छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थीले ऐतिहाँसिक सम्पदाको उपयोगले सांस्कृतिक संरक्षण, पर्यटन विकास र रोजगारीसंग जोड्दै आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताउनुभएको छ । एतिहाँसिक सम्पदाको संरक्षण र प्रबद्र्धनका लागि दिर्घकालिन योजना बनाउन आवश्यक रहेको उहाँको भनाई छ ।
नेपाली कांग्रेस अर्घाखाँचीका उप–सभापति बिष्णु प्रसाद भुसालले अर्घाखाँचीमा लुकेर रहेका ऐतिहाँसिक सम्पदालाई जिल्लाको गौरव र आर्थिक समृद्धिसंग जोडेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेका नेता जनार्दन खनालले ऐतिहाँसिक, सांस्कृति र शैक्षिक सम्पदाहरु विगतका चिनारी मात्र नभई वर्तमान र भविष्यको निम्ती प्रेरणा र पहिचानका आधार भएको बताउनुभएको छ । “मानव जीवन र सम्पदाबिच गहिरो सम्बन्ध छ ।” नेता खनालले भन्नुभयो, “यस्ता सम्पदाहरुले हाम्रो इतिहाँस बोल्छन् र भावी पुस्ताको मार्गदर्शन समेत गर्दछन् ।” जगंबहादुरको जन्मस्थल मथुरामा असार ७ गते र न्वरान भएको स्थल बल्कोटमा असार १७ गते हरेक बर्ष बिशेष कार्यक्रम गरेर ऐतिहाँसिक स्थलको प्रचार–प्रसार गर्न उहाँको सुझाव छ ।
सन्धिखर्क–५ का वडाध्यक्ष रिषव अधिकारीले ऐतिहाँसिक सम्पदाको जग्गा खुम्चिदै जानु चिन्ताको बिषय भएको बताउनुभयो । यस्ता सम्पदाको संरक्षण र प्रबद्र्धन गर्न सके व्यवसायिक पर्यटनको विकास र रोजगारीको सिर्जना हुने बताउनुभएको छ ।
कार्यक्रममा स्थानिय अगुवा मित्रलाल पाण्डे, गोपेश्वर पिठका अध्यक्ष ढुन्डीराज अधिकारी, गोपेश्वर पिठका मुल पुजारी गोकुल पौडेल, स्थानिय सरोकारवाला इश्वरी खनाल, छन्द प्रसाद भुसाल लगायतले बोल्दै जगं बहादुरको सम्मानमा लामपाटी दरबारको मुलगेटमा शालिक निर्माण गर्नुपर्ने, ऐतिहाँसिक सम्पदाको प्राचिन शैलीमै मर्मत संभार गरिनुपर्नेमा ध्यानाकर्षण गराउनुभएको छ ।
आयोजक रिपोर्टस क्लब लम्बिनीका अध्यक्ष रामकूमार क्षेत्रीको अध्यक्षता र पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसालको संचालनमा सम्पन्न कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसका प्रध्यापक माधवराज चुँदालीले आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close