म्याग्दीमा पहिरोले घर बगाउँदा पाँचको मृत्यु

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा एकै परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् । तामिङका ३७ वर्षीय घामबहादुर विकको घर पहिरोले बगाउँदा उनीसहित परिवार पाँच जना सदस्यको मृत्यु भएको हो ।
म्याग्दी प्रहरीका अनुसार बिककी श्रीमती, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको हो । पहिरोमा परी विकका छोराहरू १३ वर्षीय राजन र १५ वर्षीय नवीनको शव बिहान फेला परेको थियो ।
बेपत्ता घामबहादुर, उनकी श्रीमती राममाया र ८ वर्षीय छोरी रोजीको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । बिहान सुतिरहेको समयमा घर माथिबाट आएको पहिरोले विकको घर पुरेको स्थानीय समबहादुर विकले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !