अर्घाखाँचीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,६ जना डिस्चार्ज

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै हाल सम्म जिल्लाभर मा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार ४ सय ४६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालिकामा ४ जना र भुमिकास्थान नगरपालिकामा २ जना गरि ६ जना कोरोना संक्रमण मुक्त भएका छन ।यो संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४हजार ३ सय ३४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ३९ रहेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।
कमेन्ट गर्नुहोस !