अर्घाखाँचीमा वैदेशिक रोजगारमा ठगीमा परेकाको २६लाख बढी रकम फिर्ता

सागर महत,असार १९,अर्घाखाँची ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वार्षिक समीक्षा तथा शाखा प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सन्धिखर्क नगरपालिकामा सम्पन्न गरिएको छ। २०८० षौषदेखि हाल सम्म अर्घाखाँचीमा ३५ वटा उजुरी परेका छन ।जसमध्ये १४ वटा ठगी सम्बन्धीको उजुरीको समधान भएको छ ।यसबाट २६लाख ३० हजार ७सय ६३ रुपँया फिर्ता गर्न सफल भएको सामी अर्घाखाँची संयोजक बसन्त श्रेष्ठले जानकारी दिनुभयो।

यस्तै आर्थिक सहायता जहजीकरणमा ६८ लाख ६९ हजार४सय ३१ रुपँया रहेको छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा घाइते भएका परिवारलाई रकम प्रदान गर्न सहजीकरण गर्दै आएको उहाँको भनाई छ । सामी कार्यक्रम हाल सन्धिखर्क नगरपालिका ,भुमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा लागु भएको छ ।आगामी आर्थिक वर्षदेखि शितगंगा नगरपालिका,मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिका लागु भएसंग जिल्लाभरमा यो कार्यक्रम लागु हुने संयोजक श्रेष्ठले बताउनुभयो ।

वैदेशिक रोजगारमा जाँदा ठगीने जोखिम हुने भएकाले आर्थिक कारोबार गर्दा खुलाएर लेख्न सन्धिखर्क नगरपालिकाकी बरिष्ठ प्रशासकिय अधिकृत तथा सामी फोकल पर्सन मन्जु खनालले आग्रह गर्नुभयो ।

कार्यक्रमका क्रममा वैदेशिक रोजगारमा जाने प्रक्रियामा देखिएका चुनौती, जोखिम न्यूनीकरणका उपायहरू,विषयमा छलफल गरिएको हो। साथै, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पूर्वतयारी तालिम, कानुनी सहायता र मनोसामाजिक परामर्श सेवाका प्रभावकारिता र आवश्यकता सम्बन्धी विषयहरू उठान गरिएका थिए।कार्यक्रम मनोपरामर्श कर्ता अम्बिका बेल्लबासे (श्रेष्ठ)को संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close