शान्ति समाज अर्घाखाँचीको आयोजनामा शान्तिपुर्ण धर्ना प्रदर्शन

सागर महत /अर्घाखाँची ।
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाको आयोजनामा सन्धिखर्कको शान्ति बगैंचामा शान्तिपुर्ण धर्ना प्रदर्शन भएको छ ।आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै २६ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजको आयोजनामा प्रदर्शनमा अमेरिका ,रुस, ब्रिटिस , पाकिस्तान लाई विश्व सहमतिको राष्ट्रसंघीय आणविक अस्त्र निषेध सन्धिलाई शीघ्र हस्ताक्षर÷अनुमोदन गर्न र आणविक अस्त्रको पूर्ण उन्मुलनका लागि योगदान गर्न आग्रहसहित शान्ति समाजका तर्फबाट लेखिएको कार्डहरु राखेर प्रर्दशन गरिएको शान्ति समाज अर्घाखाँचीका सभापति नेत्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
धर्नामा आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो, सबै आणविक अस्त्र नष्ट गर, आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर, आणविक अस्त्र चाहिदैँन लेखिएका प्ले कार्ड र ब्यानरहरु प्रदर्शन गरिएको थियो ।कार्यक्रममा संस्थाका सभापति नेत्र प्रसाद मरासिनी, पुर्व सभापति अशोक पौडेल,सल्लाकार प्रेमनाराण आचार्य,कोषाध्यक्ष विष्णु खनाल,सदस्यहरु लक्ष्मण घिमिरे, सागर महत लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !