अर्घाखाँची कांग्रेस सचिवमा अच्युत गौतमको उम्मेदवारी घोषणा

अर्घाखाँची ।नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति एवं पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।विशेष गरि पार्टीको महाधिवेशनमा सहमती र सहकार्यका साथ अगाडी बढ्न तयार रहेको र अबको नेतृत्वमा पार्टीको हकहितको काम गर्ने खालको नेतृत्व आवश्यक रहेकाले नयाँ प्रवृती संगै जोडिनको लागि आफुले उम्मेदवारी दिएको सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा गौतमले बताउनुभएको हो ।
यस्तै महाधिवेशनमा व्यक्ती विशेष भन्दा पनि पार्टीको हकहितको काम गर्ने सक्षम व्यक्ती लाई जिताउन आग्रह गर्नुभएको छ ।हरेक नेतृत्वमा ब्रेक लगाउने प्रवृधीको अत्य गरि समावेशी हुने खालको नेतृत्वमा अबको आवश्यक रहेकाले सोहि मार्गमा सबै लाग्नु पर्नेमा जोड दिनुभएको छ ।आफुले पहिलेको व्यक्तीले पार्टीमा के गरे भन्दा पनि अब आउने पुस्ताको राजनितिक संग जोडि जनमुखी काम गर्नको लागि उम्मेदवारी घोषणा गरेको जानकारी गराउनुभएको छ ।जसको लागि सबै क्षेत्र बाट साथ सहयोगको उपेक्षा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close