अर्घाखाँचीमा यि बने ६ पालिकाका कांग्रेस सभापति

सागर महत /अर्घाखाँची ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अर्घाखाँचीमा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा निर्वाचन प्रणालीबाट अधिवेशन भएको छ भने तीन वटा गाउँपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ ।
जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा बाबुराम भुसाल, शितगंगा नगरपालिका मोहन पन्थी, भुमिकास्थान नगरपालिकामा खडानन्द बेल्बासे नगरसभापतिमा विजयी हुनुभएको हो ।यस्तै सर्वसम्मत रुपमा चयन हुने सभापतिहरुमा मालारानी गाउँपालिका सोभाखर खनाल, छत्रदेव गाउँपालिका प्रकाशराज पन्थी र पाणिनी गाउँपालिका तुल्सी पौडेल सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।
कमेन्ट गर्नुहोस !