फिजियोथेरापी सेवा संचालनको लागि पुनस्थापना केन्द्रद्वारा अर्घाखाँची अस्पताललाई सामग्री हस्तान्तरण

सागर महत/ अर्घाखाँची ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना अर्घाखाँची शाखाको आयोजना तथा सिबिएमको आर्थिक सहयोगमा अर्घाखाँची अस्पताल लाई फिजियोथेरापीका सामग्री हस्तान्तरण गरिएको छ ।विशेष गरि शारिरिक अपाङ्गता भएका बालबालिका लाई जिल्लामै उपचार गर्न सहज होस भनेर उक्त सामग्री हस्तान्तरण गरिएको परियोजना संयोजक हिरा बहादुर केसीले बताउनुभयो ।
यस्तै उक्त कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले फिजियोथेरापी अहिलेको समयमा निकै आवश्यक रहेकाले त्यसको सोहि सदुपयोग गरेर संचालनमा ल्याउनु पर्ने बताउदै नगरपालिका आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।
अर्घाखाँची अस्पतालका प्रमुख डा.राजेन्द्र जिसिले अस्पतालको माग अनुसार आवश्यक पर्ने सामग्री अस्पताल लाई हस्तान्तरण गरेकोमा संस्था लाई धन्यवाद दिदै सेवा विस्तारमा कुनै कमी नराख्ने बताउनुभएको छ । जिल्लामै पहिलो पटक अस्पताल बाट शारिरिक अपाङ्गता भएका बालबालिकाको लागि फिजियोथेरापी संचालनमा ल्याइ जिल्ला बासीलाइ बाहिर नजाने वातावरण सृर्जना गर्ने आफ्नो दायित्व रहेको बताउनुभयो । परियोजना सुपरभाइजर लेखनाथ आचार्यका अनुसार २ लाख ४० हजारको फिजियोथेरापी सम्बन्धी सामग्राी एक कार्यक्रमका बिच अस्पताल लाई उक्त सामग्री
हस्तान्तरण गरिएको आचार्यले बताउनुभयो ।कार्यक्रममा अस्पतालका सुचना अधिकारी जगदीश शर्मा,सृर्जनशिल अपाङ्ग सरोकार केन्द्र अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डे, पुनस्थापक परियोजना सहायक नारायण खनाल लगायको सहभागीता रहेको कार्यक्रमको संचालन परियोजना अर्घाखाँचीका सुपरभाइजर सुमन ढुंगानाको संचानमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close