अफगानिस्तानमा ५सय७० लडाकू मारिए

अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका जानकारी दिएको छ ।

घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् । देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढेका छन् । तालिवान लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी कब्जामा लिन थालेपछि हिंसात्मक घटना धेरै भएका हुन् ।-

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close