सन्धिखर्कमा बेबारिसे अवस्थामा छटपटाइरहेकी महिलाको उपचारको क्रममा मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा बेबारिसे अवस्थामा छटपटाइरहेकी एक महिलाको उपचारका लागि अस्पताल पु¥याएपछि मृत्यु भएको छ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को पुरानो बस पार्कमा छटपाटाइ रहेको अवस्थामा देखेपछि प्रहरी र स्थानीयले जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचारको लगेपनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अन्दाजी ५०/५५ वर्ष कि ति नाम,थर नखुलेकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो। सुक्रबार बेबारिसे अवस्थामा प्रहरीले भेटाएपनि ति महिला उपचार गर्न जान नमानेकोले आज मात्र उपचारको लागि लगिएको थियो ।
कमेन्ट गर्नुहोस !