अर्घाखाँचीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा १० जना, मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा १३ जना र छत्रदेव गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २२ सय ७१ पुगेको छ । यस्तै हालसम्म कोरोना मुक्त हुनेको संख्या १८ सय ७३ पुगेको छ।
अब जिल्लाभरमा ३ सय ३८ सक्रिय कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकाम १ जना,भुमिकास्थान नगरपालिमा १ जना र छत्रदेव गाउँपालिकामा १ जनाको मृत्यु भएको हो। यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।
कमेन्ट गर्नुहोस !