अर्घाखाँची, गुल्मी र प्यूठान जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

अर्घाखाँची ।अर्घाखाँची, गुल्मी र प्यूठान जिल्लाबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सम्पन्न भएको छ ।बैठकमा एक अर्को जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायत साझा सरोकारका विविध विषयमा छलफल भएको छ ।
साथै एक जिल्लाले अर्को जिल्लालाई सहयोग गर्ने र समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विभित्र निर्णयहरू समेत गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला प्रशासन कार्यालय गुल्मीका, सहायक प्रमुख जिल्ला अधिकारी, हरि प्रसाद गैरै,अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी, विनोद खनाल, जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराई, अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अमर बहादुर थापा, ईश्वरी बक्स गुल्म, अर्घाखाँचीका सेनानी, आदित्य सिलवाल, संग्राम शार्दुल गुल्म धागिथुम, गुल्मीका सेनानी, राजन भुजू, ईन्द्रध्वज गण, प्यूठानका सेनानी, दिपेन्द्र पोख्रेल, लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !