थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि,६८ को मृत्यु

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप ६हजार८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । कुल २० हजार १सय ६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५सय८७ पुगेको छ ।गएको २४ घण्टामा ६ हजार ८सय९८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन। योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
नेपालमा अब सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय५४ पुगेको छ ।
कमेन्ट गर्नुहोस !