अर्घाखाँचीमा थप ४७ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकामा २७ जना,भुमिकास्थान नगरपालिका ११ जना,शितगंगा नगरपालिका १ जना,मालारानी गाउँपालिका ३ जना र छत्रदेव गाउँपालिकामा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।आज थपिएका सँगै जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४सय७४ पुगेको छ।

हाल सन्धिखर्क नगरपालिकामा २ सय२४ जना,भुमिकास्थान नगरपालिका १ सय ३९ जना,शितगंगा नगरपालिका १४जना,मालारानी गाउँपालिका ३६ जना,पाणिनी गाउँपालिका २२ जना र छत्रदेव गाउँपालिकाका ३९ जना उपचारत रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ फुदवाङ निवासी ४० वर्षिय युवक र शितगंगा नगरपालिका वडा नम्बर ७ निवासी २३ वर्षिया युवतीरहेको जनाईएको छ ।सन्धिखर्क निवासी युवाको राती पौने १ बजे मृत्यु भएको हो भने शितगंगा निवासी युवतिको बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close