हिन्दू जागरण युवा स्वयंसेवकको आयोजनामा मालारानीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सन्धिखर्क ।हिन्दूधर्म रक्षा परिषद् नेपाल अन्तर्गत,हिन्दू जागरण युवा स्वयंसेवक जिल्ला समिति अर्घाखाँची र हिन्दू जागरण युवा स्वयंसेवक मालारानी गाउँपालिकाको संयुक्त आयोजनामा मालारानी ६ हंसपुरको रतनमारेमा सनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरबाट गा्रमीण भेगका नागरिकले पनि प्रत्यक्ष लाभ लिएको बताएको छ ।उक्त स्वास्थ्य शिविरबाट विभिन्न रोगका ३ सय १० जना बिरामीले सेवा लिएको हिन्दु जागरण युवा स्वयंसेवक मालारानी जनाएको छ ।
शिविरमा जनरल फिजिसेन डा. सरोज थापा,महिला रोग विशेषज्ञ डा.सारदा अधिकारी लगायतका डाक्टरले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।कार्यक्रम मालारानी गाउँपालिका पालिका प्रवक्ता तथा मालारानी ५ का वडा अध्यक्ष तिलक मिश्रको प्रमुख आतिथ्यता,संस्थाका मालारानी गाउँपालीका अध्यक्ष हरीप्रसाद अधिकारीको अध्यक्षता, रोमाहर्श खनालको स्वागत मनतव्य र ईश्वरी पोख्रेलको सञ्चालनमा सम्पन्न भएको इन्द्र रेग्मीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !