गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

गुल्मी ।गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ सिमाघाट लप्सीस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परि दाङको गढवा गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गत राति सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारु जानकारी दिनुभयो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close