मोटरसाइकल नदिएको भन्दै बुहारीलाई आगो लगाउने ससुरा सात वर्षपछि पक्राउ

काठमाडौं । भनेजति दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्न मट्टितेल खन्याएर आगो लगाई फरार भएका एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नरैनपुर गाउँपालिका २ लक्ष्मणपुरका ७५ वर्षीय हनिफ शेष ढपाली छन् ।

ज्यान मार्ने उद्योगका अभियुक्त हनिफ नरनपुर गाउँपालिका १ सुइयामा लुकीछिपी बसेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो ।डुडुवा गाउँपालिका ६ माइती भएकी २३ वर्षीया बुहारी रिहाना शेष (ढपाली) हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हनिफसँग उनकी पत्नी सहजाद खा र रिहानाका पति फरिदले हत्याको प्रयास गरेका थिए ।सहजाद र फरिद अझै फरार रहेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।हनिफलाई बुधबारै बाँके जिल्ला अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्जार्च प्रहरी निरिक्षक वसन्त गौतमले जानकारी दिए ।उनीहरुले रिहानासँग विवाहका बेला दाइजोमा मोटरसाइकल तथा नगद माग गरेको र नदिएपछि सुतिरहेको ठाउँमा मट्टितेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । नयाँ पत्रिका

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close