प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार

काठमाडौँ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्नुभएको छ। देउवा निवास बूढानीलकण्ठमा आज भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गर्नुभएको थियो । ओली पक्षसँग सत्ता सहकार्यको पनि सम्भावना नभएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !