काठ चोरी गर्ने अर्घाखाँची र प्युठानका व्यक्ति पक्राउ

सागर महत,असोज ८,अर्घाखाँची ।
अर्घाखाँचीमा काठ चोरी गर्ने सामुदायिक वनका अध्यक्षसहित १० जना पक्राउ परेका छन । जिल्लाको शितगंगा नगरपालिका ८, झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई काठ चिरान गरिरहेको अवस्थामा प्रक्राउ गरिएको जनाएको छ ।अर्घाखाँचीबाट सालको रुख काटी प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर १, खुनझुनेमा लगी काठ चिरान गरिरहेको अवस्थामा प्युठानको डिभिजन वन कार्यालय प्युठानले मङ्गलबार पक्राउ गरि साँझ डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो ।

यस्तै अहिले अनुसन्धानको लागि दसैं नजिकिएकाले सरकारी कार्यालय बिदा हुने भएकाले जनप्रतिनिधिको रोहबरमा छोड्न लागिएको अनुसन्धानमा खटिएका शितगंगा शव डिभिजन प्रमुख चन्द्र भाटले जानकारी दिनुभएको छ ।


बिदा सकिएपछि १८ थान चिरान काठको १८.३ क्युफिट काठ छ ।जसको विगो ३१ हजार ७सय १८ रुपँया सहित कानुनी कारवाही हुने भाटको भनाइ छ ।अर्घाखाँची सिमानामा रहेको राप्ती नदी किनारामा ढलेको काठ बर्षा भएको मौका पारी चोरी गरेका थिए ।
पक्राउ पर्नेमा झाक्रिथान सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, शितगंगा ८ कै स्थानीय चन्द्रबहादुर वाकवल, सोही ठाउँकै टीकाराम पुलामी र पुरन धामी हुन ।यस्तै, त्युठान जिल्ला सरुमारानी गाउँपालिका वडा नम्बर १, खुनझुनेका लेखबहादुर केएम, सकुर मिया, वीरबहादुर धामी, शङ्कर विश्वकर्मा र १ जना नाबालिका रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close