धनुषामा ९ नव जोडीको दाईजो मुक्त विवाह सम्पन्न

धनुषा ।धनुषा जिल्लाको मिथिला नगरपालिका – २, बेलाचापी स्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको सान्निध्यमा आदरणीय सन्त गरीबदासजी महाराजको २९९ औं बोध दिवसको अवसरमा नौं (९) नव दम्पती जोडीले दाईजो मुक्त विवाह गरी समाज सुधारकार्यकाे एक उच्चतम नमूना कार्य प्रस्तुत गरेका छन् ।

सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा यही फाल्गुन २५, २६ एवं २७ गतेका दिन अखण्ड पाठ, विशाल खुला भोजन भण्डारा, दाइजो तथा आडम्बरमुक्त विवाह, रक्तदान शिविर, नि:शुल्क मन्त्र दीक्षा लगायतका कार्यक्रमको सञ्चालन भइरहेको छ ।


सन्त गरीबदासजी महाराजलाई सन् १७२७ मा १० वर्षको उमेरमा बिहान करीब १० बजे परम अक्षर ब्रह्म कबीर साहेबले एउटा जिन्दा महात्माको भेषमा भेट्नुभई ज्ञान उपदेश दिनुभएको थियो । सोही दिन सन्त गरीबदासजी महाराजको बोध दिवस कहलियो र त्यसै दिनको स्मृतिमा सतलोक आश्रम धनुषा लगायत भारतका सम्पूर्ण ११ सतलोक आश्रमहरुमा तीन दिवसीय विशाल महाभण्डाराको आयोजना गरिँदैछ ।
सन्त रामपालजी महाराजको सान्निध्यमा गरिने नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) सबैको चासोको विषय रह्यो । यस प्रकारको विवाहमा कुनै पनि सरसामान तथा नगद लेनदेन नहुने तथा बेहुला वा बेहुली दुवैपक्षको कुनै पनि खर्च नहुने आयोजकले जानकारी दिए । सर्व आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट गरियो । मात्र १७ मिनेटको गुरुवाणीद्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तिनै देवीदेवताहरुलाई साक्षी राखी लाखौं श्रद्धालुहरु सामु उक्त विवाह सम्पन्न गरिएको छ । यस प्रकारको विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदि सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ ।

समाजबाट दाइजो रूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यस्ता विवाह गराउने गर्दछन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन्।

यसै गरी, आफ्नो गुरुबाट प्राप्त ज्ञानमा आधारित रहेर मानव सेवाको भावना दर्शाउँदै अनुयायीहरुले यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलाई ६६ यूनिट रक्तदान पनि गरेका छन् ।
विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको लड्डुका साथै रोटी, पूरी, दाल, भात, तरकारी, सलाद, अचार आदिको व्यवस्था गरिएको छ । जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर भण्डारा ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउने गरेको जानकारी प्राप्त भएको छ । तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न गरिने छ । यस विशाल धार्मिक भण्डारा कार्यक्रममा विशिष्ट व्यक्तित्व, राजनीतिज्ञ, समाजसेवी, कर्मचारी लगायत करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थिति रहने जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close