सन्धिखर्कमा खुल्ला तीज गित प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

सन्धिखर्क,भदौं ०९ ।राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको समन्वयमा खुला तिज गित प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।७ वटाको समूह तथा विधालयको सहभागीता रहेको कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न १ मा रहेको गौरीशकर बोडिङ स्कुल प्रथम भुमिकास्थान नगरपालिका वडा न ९ मा रहेको भगवती माध्यमिक विधालय दित्तिय र मालारानी गाउँपालिका वडा न ५ मा रहेको लालीगुरास आमा समूह तृतीय र सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको भद्रिगोला आमा समूहले शान्तवना स्थापना प्राप्त गरेका थिए कार्यक्रममा बिजेता लाई सन्धिखर्क नगरपालिका नगर प्रमुख कष्ण प्रसाद श्रेष्ठ लगायतका अथितिहरूले नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।


कार्यक्रममा प्रतियोगिले महिलालाई अधिकारसम्पन्न गराउनुपर्ने सविधानको कार्यान्वयनमा महिलाको भुमिका महिला लाई विना कारण मुत्यु बरण गनुपर्ने लगायतका गित गाउदै महिला कमजोर छैन कमजोर बनाएपनि उठ्छन् भन्ने गित र नाचबाट प्रस्तुत राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार लोक गायक नारायण बिपि परियारर सम्झना रणपाल ,बिष्णु श्रीपाली, बरिष्ठ डान्सर बविता धिताल गायक तथा सर्जक धनराज चुनारा लगायतका कलाकारले आफ्नो पस्तुती राखेका थिए ।

 

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , नेपाल विधुत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख तिलोचन भट्टराई , नेकपा एमालेका जिल्ला उपाध्यक्ष शम्भु पोखेल ,नेकपा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज छमकुमारी खनाल चिनारी, एकीकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहान , राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष हरि भुसाल सन्धिखर्क नगरपालिका वडा न १ अध्यक्ष माधब श्रेष्ठ ७ का अध्यक्ष चुरा ब केसी पत्रकार महासघका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष गणेश खनाल ,पुर्व अध्यक्ष शोभाखर पन्थी प्रगतिशिल पत्रकार सघका केन्द्रीय सचिव गोपाल भट्टराई लगायतका पत्रकारका पेशागत सगसगठनका प्रमुख तथा प्रतिनिधि विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि कर्मचारी सघ सगठनका प्रमुख तथा प्रतिनिधि दलित सजालका अध्यक्ष बिष्णु परियार पुर्व जनप्रतिनिधि लक्ष्मण पराजुली लगायत समाजसेवी बुद्धिजीवी सगित प्रेमी लगायतका सहभागीमा कार्यक्रम सम्पन्न भएको थियोे कार्यक्रम सस्थाका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द् बस्यालको अध्यक्षता सचिव अनिल नेपालीको सञ्चालन र केन्द्रीय सदस्य राधा नेपालीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close