सन्धिखर्कःगौरीशंकर बोर्डिङमा कला प्रदर्शनीले विद्यार्थी र अभिभावक उत्साहित

सुर्य प्रसाद भुसाल सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कमा रहेको गौरीशंकर बोर्डिङले जिल्लामै पहिलो पटक एकदिने विज्ञान तथा कला प्रदर्शनी र खाना मोहोत्व सम्पन्न गरेको छ । विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष प्रर्दशनी तथा खाना मोहोत्सव आयोजना गरेको विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीले बताउनुभयो ।
आज भएको प्रदर्शनीमा विज्ञान, कला, समाज र वातावरण गरी चार विधा समेटेर विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गरिएको थियो । प्रदर्शनीबाट विद्यार्थी र अभिभावक उत्साहित भएको प्रधानाध्यापक क्षेत्रीले बताउनुभयो । विद्यार्थीहरुले पढाइसँगै कला क्षेत्रमा अब्बलता हासिल गरून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।
प्रदर्शनकी एक समारोहबीच सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले विद्यालय प्राङ्गणमा उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले अर्घाखाँची जिल्लामा गुणस्तरीय शिक्षा दिन सफल गौरिशंककर बोर्डिङ स्कुललाई थप प्रगतिको शुभकामना दिनुभयो । प्रदर्शनीमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका झण्डै १ हजार विद्यार्थीले सहभागिता जनाएको विद्यालयका शिक्षक केसव भुसालले बताउनुभयो
प्रर्दशनीमा विद्यार्थीहरूले सुविधा सम्पन्न नमुना बस्ती, स्मार्ट शहर, हाइड्रोलिक पिच सडक, व्यवस्थित पार्किङ, घर, पानी मिल, हाइड्रोपावर, वाइन जेनेरेटर, हावाबाट बिजुली निकाल्ने प्रविधि, माउण्टेन एरिया, स्काइभेटर, लिफ्ट, जलविद्युत, थोपा सिँचाइ, सोलार, स्मार्ट मुर्कुची बजारका नक्सा तथा प्रविधिहरू देखाएको विद्यालयका शिक्षक शिव बेल्वासेले बताउनुभयो ।
त्यसैगरी सोलार प्रविधिबाट खाना पकाउने तरिका, मोबाइलबाट लक हुने र खुल्ने गरी स्मार्ट घर, स्वस्थकर खाना, जडिबुटी, झोला, बालविवाह न्यूनीकरणसम्बन्धी सन्देशमूलक प्रचार पम्पप्लेट, संस्कृति झल्कने भाइबहिनीबीचको प्रेमको प्रतीक सामाचकेवा, घुम, पेरुङ्गो, वडघर, चुरुङ्गो, ओखल, ढिकी, हलो, जुवा, कोदालीलगायतका सामग्री प्रर्दशनीमा राखिएको विद्यालयका शिक्षक प्रकाश आचर्यले बताउनुभयो ।
प्रदर्शनी हेर्न सन्धिखर्क नगरपालिकाका प्रमुख श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, शिक्षा इकाइ प्रमुख मणिराम पराजुली, वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, सदस्य बाबुराम पन्थीसहित ५ सय भन्दा बढी अभिभावक सहभागी रहेको थियो । यस्तै सो अवसरमा कक्षा ८ का विद्यार्थीहरुको आयोजनामा खाना मोहोत्सव पनि गरिएको थियो । विद्यालय २०७९ को एसईई परीक्षामा नेपाल प्रथम भएको विद्यालयका शिक्षक चिन्तामणि क्षेत्रीले जानाकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !