सन्धिखर्कबाट साँढे ३४ बोरा मल बरामद

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा साँढे ३४ बोरा डिएपी मल मरामद गरिएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा कृषि सहकारीको अनुदानको मल एग्रोभेटले अवैध लुकार राखेको पाइएकोले नियन्त्रणमा लिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिए।
चुत्राबेशीको भुसाल एग्रोभेटबाटले साढे १७ बोरा र बन्जाडे एग्रोभेटबाट १७ बोरा गरी साँढे ३४ बोरा डिएपी मल अबैध हिसाबले अवैध रुपमा बेच्न राखेको पाएकोले अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य लगायतको टोलीले मल नियन्त्रणमा लिएको बताएको छ ।
कृत्रिम अभाव खडा गर्ने गरी उक्त पसलहरुले अनाधिकृत रुपमा,बिक्री गर्ने गरेको पाइएकोले आवश्यक कार्बाहीको लागि सन्धिखर्क नगरपालिकामा पठाएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख खनालको भनाइ छ । अहिले मकैमा मल राख्ने समय छ ।यो समयमा बजारमा मलको अभाव देखाइ कालो बजारी गर्ने उदेश्य हुन सक्ने सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए
कमेन्ट गर्नुहोस !