गोरुसिँगे सन्धिखर्क सडक खण्डको डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना

सन्धिखर्क ।अर्घाखाँचीको गोरुसिँगे सन्धिखर्क सडक खण्डको डोहोटेमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र चोरी निकासी रोक्ने उद्देश्यले प्रहरी पोस्ट स्थापना गरिएको शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडे्लले बताउनुभयो ।यस्तै यो संगै शितगंगा नगरपालिका वडा नम्बर ११,१२ र १३ का नागरिकको सुरक्षामा पनि सहज हुने नगरप्रमुख पौडे्लको भनाइ छ ।
इलाका प्रहरी कार्यालय ठाडाबाट सेवा लिन निकै कठिनाइ भोग्नु परिरहेको अवस्थामा, स्थानीयको मागअनुसार प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताउनुभयो ।पोष्ट स्थापना भएसँगै त्यसको समाधानमा समन्वय, सवारी दुर्घटना न्यूनीकरण र चोरी निकासी नियन्त्रणमा पनि महत्वपुर्ण भुमिका रहने अपेक्षा राखिएको छ ।अब सवारी चेकिङ पनि डोहोटेबाट हुने उहाँको भनाइ छ ।
कमेन्ट गर्नुहोस !