खाँचिकोट स्वास्थ्य चौकीमा सरुवा रोग नियन्त्रण तथा रोकथामसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सागर महत,असार ३०,अर्घाखाँची ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा खाँचिकोट स्वास्थ्य चौकीमा सरुवा रोग नियन्त्रण तथा रोकथामसम्बन्धी एक दिने सचेतना तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका स्थानीय जनप्रतिनिधि सहभागिता रहेको थियो। सहभागीहरूलाई सरुवा रोगहरूको प्रकार, तिनको सर्ने तरिका, रोकथामका उपायहरू तथा समयमै उपचारका आवश्यकताका बारेमा जानकारी प्रदान गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।


कार्यक्रमको उद्देश्य समुदायमा सरुवा रोगहरूको प्रभाव र जोखिम न्यूनिकरण गर्नुका साथै जनचेतना अभिवृद्धि गर्नु रहेको उहाँको भनाई छ । सरुवा रोग नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुरा बहादुर केसीले बताउनुभयो ।यस्तै खाल सरुवा रोगबाट बच्नको लागि पनि समुदाय स्तरमा आफै पनि सचेत हुन जरुरी रहेको वडा अध्यक्ष केसीले बताउनुभयो ।


कार्यक्रम डेंगु, हात्तिपाइले रोग ,कुष्ठरोग स्क्रब टाईफस लगायतका रोगको बारेमा स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेश राज पौडे्लले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम खाँचीकोट स्वास्थ्य चौकीका सुचना अधिकारी प्रेमचन्द्र विकको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close