अर्घाखाँचीमा ३१ गते सम्म निषेधाज्ञा हुने

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा भोली (सोमबार) बाट निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु विहान ६ देखि ९ बजेसम्म संचालन हुनेछन भने बैंक तथा वित्तिय संस्था न्युनतम कर्मचारी बाट खुल्ने प्रमुख जिल्ला अधिकार पौडेलले जानकारी दिनुभयो ।निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक का सबै सवारी साधन बन्द हुने छन ।यस्तै अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।हाल जिल्ला मा सक्रिय कोरोना संक्रमित संख्या १ सय ५६ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close