अर्घाखाँचीमा ५ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा ५ जना मा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशाला मा गरिएको प्ररीक्षण मा जिल्लाको सन्धिखर्क नगरपालिकाका २ जना,शितगंगा नगरपालिका १ जना र भुमिकास्थान नगरपालिका २ जना गरि ५ जना मा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै आज बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराईरहनुभएकी मालारानी गाउँपालिका वडा नम्बर ५ की कोरोना संक्रमित ७९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । उहाँमा ज्वरो, दम, निमोनियाको समस्या रहेको बताईएको छ ।
कमेन्ट गर्नुहोस !