काँग्रेस लाई सत्तामा जान हतारो छैनः महत

सागर महत /अर्घाखाँची।
नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाउनुभएको छ ।अर्घाखाँचीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले ओली नैतिक रुपमा पतन भएको आरोप लगाउनुभएको हो ।राजनीतिमा नैतिकता हुने भन्दै उहाँले सत्ता पाएपछि ओलीले चरित्र गुमाएको बताउनुभयो ।
नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको उहाँको भनाइ थियो । दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको भन्दै महत्तले कम्युनिष्टहरुले मुलुक हाँक्न नसक्ने जिकीर गर्नुभयभो ।महतले ओलीकै सत्ता लिप्साका कारण नयाँ सरकार बन्न असहज भएको पनि बताउनुभयो ।काँग्रेससँग सत्ताको अनुभव भएकाले कसैले भन्दैमा कांग्रेस सरकारमा जान हतारो नगर्ने पनि प्रष्ट पार्नुभयो ।
कमेन्ट गर्नुहोस !