राष्ट्रिय स्वतन्त्र पार्टी सन्धिखर्क नगरपालिकामा नयाँ समिति गठन,सभापतिमा खड्का

सन्धिखर्क,साउन २४ ।राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्क नगरपालिकामा नयाँ कार्य समिति गठन गरेको छ । जसको सभापतिमा राजु खड्का,उपसभापतिमा प्रदिप बन्जाडे,सचिवमा सागर मरासीनी र कोषाध्यक्षमा खुमबहादुर महत लगायतको समिति चयन गरिएको जिल्ला सभापति हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।
आजको नगर भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापती देबराज पाठक लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !