छत्रदेव गाउँपालिकामा खाद्य पदार्थको पोषण प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

छत्रदेव ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको समन्वय र सहयोगमा छत्रदेव गाउँपालिकामा खाद्य पदार्थको पोषण प्रवर्द्धन तथा उत्पादनको क्रममा प्रयोग भएका विषाधीको असर न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन पान्डे,कृषि ज्ञान केन्द्र प्रमुख बुद्धि राज घिमिरे,स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कृष्ण पोख्रेल, जनस्वास्थ्य निरीक्षक गणेश पौडेल,छत्रदेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने लगायतको अतिथ्यता, कृषि तथा पशु शाखा र स्वास्थ्य शाखाका कर्मचारीहरु, व्यवसायीक कृषकहरु, एग्रो व्यवसायी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, लगायतको सहभागीता रहेको कार्यक्रममा सहजीकरण कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धि राज घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेले स्वागत मन्तव्य र कृष्ण पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !