आज खण्डग्रास सूर्यग्रहण लाग्दै

काठमाडौं ।आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ। अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ ।ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
कमेन्ट गर्नुहोस !