मालारानी गाउँपालिकामा स्थानीय पाठयक्रम लागु

सागर महत, सन्धिखर्क।अर्घाखाँचीको मालारानी गाउँपालिकामा स्थानीय पाठयक्रम लागु भएको छ।पाठयक्रममा गाउँपालिकाको भूगोल, जनसंख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेषभूषा, धार्मिक संस्कृति लगायतका विषयबस्तु समेटेर पाठयक्रम लागु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले बताउनुभयो ।स्थानीय पाठ्यक्रम वैशाख देखि लागु भएको हो ।
पाठयक्रम कक्षा १ देखि ८ सम्म समावेश गरिएको हो ।यस्तै स्थानीय पाठयक्रम श्रोत सामाग्री थप व्यवस्थीत गरि निर्माणको लागि पालिका तहमा कार्यदल पनि गठन गरिएको प्रमुख प्रशासकिय अधिकृत भुसालको भनाइ छ।
यता पछिल्लो समय केहि विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकाले त्यस्ता विद्यालयलाई समायोजन गरिने छ । पालिकाका भित्र रहेका २२ वटा बालबिकाश केन्द्रमा स्मार्ट टि.भिबाट अध्यापन गराउने कार्यको सुरुवात गर्ने बताउनुभयो ।
प्रश्न पत्र पालिकाबाट निकाल्ने,यस्तै शिक्षा सुधारको लागि नयाँ अभ्यासको लागि प्रावि तह अन्तर्गतको कक्षा ५ को उपलब्धी परिक्षा संचालन पालिकाले गर्न लागेको छ ।यो कार्य अर्घाखाँची जिल्लामै नयाँ भएको भुसालको भनाइ छ ।यता एसईई नतिजा सुधारको लागि वडा ,विद्यालय ,अभिभावक लाई पनि लाग्न आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस !