शान्ति माध्यमिक बिधालयद्वारा बाढी पिडित परिवारलाई आर्थिक सहयोग

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति माध्यमिक बिधालयले बाढी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सोहि विद्यालयमा कक्षा८मा अध्ययनरत मालारानी ५ बरम्कोटकी छात्रा संगीता क्षेत्रीको परिवारलाई आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।गत असोज२० गतेको अविरल बर्षाको कारण सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा रहेको संगीता घर र गोठ लाई पुर्णरुपमा बाढीले क्षति पारेको थियो।

आर्थिक सहयोगले परिवारमा केही भएपनि राहत होस भनेर शान्ति माध्यमिक बिधालयमा गठित जुनियर रेड्क्रस सर्कल एवं शिक्षक कर्मचारीको पहलमा संकलन भएको २८ हजार ३ सय ५५ रुपँया विद्यार्थीकी आमा बसन्ता क्षेत्रीलाई हस्तान्तरण गरिएको विद्यालयका प्रअ मानबहादुर पाण्डेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close