अर्घाखाँचीकि एक महिला ६ दिनदेखि सम्पर्क विहिन

सन्धिखर्क ,साउन २४ ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ काफलबासकी सारदा चुदाली विगत ६ दिनदेखि सम्पर्कविहिन हु्नुभएको छ ।यही साउन १८ गत आईतबार बुटवल जान्छु भनेर हिडेको र बुटवल नपुगि सम्पर्क विहिन भएको परिवार श्रोतले जनाएको छ ।
छोरा अरुण पौडे्ल अनुसार मोबाईल पनि अफ छ ।आईतबार बिहान ५ः३० बजे घरबाट हिड्नुभएकी मम्मी अहिले सम्पर्कमा आउनुभएको छैन । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा रहेको खाँची खोला सम्म ट्क्सी गरेर जानुभएको थियो ।आफन्तको मा पनि सम्पर्क गर्दा त्यहाँ पनि नगएकाले कोहि कतै देखेमा नजिकैको प्रहरी चौकी वा आफन्तलाई खबर गरिदिन छोरा अरुणले आग्रह गर्नुभएको छ ।सारदा चुदालीका एक श्रीमान, २ छोरा र १ छोरी रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close