क्यानडामाथि नेपालको शानदार जीत

काठमाडौं । नेपालले ग्लोबल ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्यानडाविरुद्ध जीत निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।नेपालले समूह एको तीनवटै खेल जितेको छ । यसअघि ओमान र फिलिपिन्समाथि नेपालले जित निकालेको थियो ।

आजको खेलमा नेपालले १५ ओभरमा क्यानडाको सबै विकेट लिएर ८० रनमा समेटेको थियो । जवाफी ब्याटिङमा नेपालले १४.१ ओभरमा ८१ रनको लक्ष्य हासिल गरेको थियो ।

नेपालका कुशल भुर्तेलले नट आउट रही ३७, दीपेन्द्र सिंह ऐरेले ३१ र असिफ शेखले १६ रन बनाएका थिए । सन्दीप लामिछानेले क्यानडाको ४ विकेट लिदा अविनाश बोहरा र कमल सिंह ऐरेले ३३ विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close