अर्घाखाँचीमा भुगोल अनुसार पालिका कम भएःसांसद घिमिरे

सागर महत,सन्धिखर्क ।लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले अर्घाखाँची जिल्लामा भुगोग ठुलो भएपनि पालिका कम भएको बताउनुभएको छ ।
छिमेकी जिल्लाहरु गुल्मी,प्युठान लगायतका जिल्लामा भुगोल कम भएपनि पालिकाहरु करिव १० भन्दा बढी छन । सांसद घिमिरेले भन्नुभयो हाम्रो जिल्लामा भुगोलको आधारमा कम तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीयतह रहेका छन् ।
रिपोर्टस क्लव लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद घिमिरेले यस्तो बताउनुभएको हो । भुगोलका आधारमा पालिका भएमा यहाँका नागरिकलाई सेवा प्राप्त गर्न सहज हुने उहाँको भनाइ छ ।
यस्तै लुम्बिनी प्रदेश नेपाली कांग्रेसका सह—महामन्त्री विष्णु प्रसाद खनाल(मुस्कान)ले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले लुम्बिनीमा प्रदेश स्तरिय ‘राजनितिक संयन्त्र’ गठन गरेको बताउनुभएको छ ।
जसले प्रदेश सरकारका काम कारवाही प्रभावकारी रुपमा अँघीं बढाउन सहयोग पुग्ने बताउनुभयो ।यसले गर्दा पालिकाको विकास निर्माण गर्दा देखिएका विवादलाई पनि समाधानको बाटोमा लैजाने पनि संयन्त्रले भुमिका महत्वपुर्ण हुने कांग्रेसका सह—महामन्त्री तथा ‘राजनितिक संयन्त्रका सदस्य समेत बन्नुभएका खनालको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्रपाटी अर्घाखाँचीका सभापति हरिप्रसाद भुसाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष गणेश खनाल, पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य राधा नेपालीले मन्तव्य राख्दै पत्रकारीता क्षेत्रमा देखापरेका समस्याहरु समधान गर्नको लागि सम्पुर्ण कलमजीवी एकजुट हुन जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रम रिपोर्टस क्लव लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता वीरेन्द्र केसिको संचानमा सम्पन्न भएको हो ।यस्तै रिपोर्टस क्लव अर्घाखाँचीले पत्रकार महासंघ अर्घाखाँचीमा नव निर्वाचित कार्य समितिलाई सम्मान समेत गरेको छ ।
कमेन्ट गर्नुहोस !