भुमिकास्थान सानडेभाको चुनढुङ्गा उत्खनन सधैका लागि बन्द भयोः नगरप्रमुख थापा

गोपाल प्रसाद भट्टराई,भुमिकास्थान ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले सान डेभाका चुनढुङ्गा उत्खनन सधैको लागि बन्द गर्ने बताउनुभएको छ । हजारौं नागरिकको पिउने पानीको स्रोत मेटेर खानी संचालन गर्न नसकिने भन्दै उहाँले खानी सधैका लागि बन्द गरिने तर्क गर्नभएको छ । खिल्जी–असुरकोट खानेपानी तथा सरसफाई योजना उपभोक्ता संस्था भूमिकास्थान–५ को शनिबार सम्पन्न प्रथम वार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले यस्तो बताउनुभएको हो ।
नगरप्रमुख थापाले खानी तथा भूगर्भ विभागमा कम्पनीले दिएको पालिकाको सिफारिस किर्ते हो भन्ने पुष्टी भइसकेको पनि स्पष्ट पार्नुभएको छ । बलियो बनाउन आफुहरुले उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
“पिउने पानी मानव जिवनसंग जोडिएको छ, साथै पर्याबरणको दृश्टीले पनि त्यहाँको उत्खनन उपर्युक्त छैन”नगरप्रमुख थापाले भन्नुभयो,“हामी उत्खनन रोकेर यि क्षेत्रलाई पर्यटन हबको रुपमा विकास गर्दैछौं ।” सानडेभाको चुनढुङ्गा उत्खनन नगर्ने कार्यपालिका बैठकका निर्णयहरुको स्मरण गर्दै नगरप्रमुख थापाले खानी तथा भूगर्भ विभागमा कम्पनीले दिएको पालिकाको सिफारिस किर्ते हो भन्ने पुष्टी भइसकेको पनि स्पष्ट पार्नुभएको छ ।“यस अगाडि पनि विभिन्न फोरममा मैले भन्दै आएको थिए, हामीले सिफारिस गरेका छैनौं” नगरप्रमुख थापाले भन्नुभयो,“अहिले फरेन्सिक ल्यावले समेत पुष्टीगरिसकेको छ, उक्त सिफारिस नगरपालिकाले दिएको नभै किर्ते नै हो ।”उहाँले
अगाडि थप्नुभयो,“अब किर्ते गर्नेलाई राज्यले कार्बाही गर्ला हामी त्यसैको प्रतिक्षामा छौं ।”कार्यक्रममा प्रसंग बदल्दै नगरप्रमुख थापाले नगरपालिकाको आन्तरिक आम्दानी बलियो बनाउन आफुहरुले उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ।
सस्थाका उपाध्यक्ष हिमलाल शर्माको स्वागत मन्तव्य र सचीव कमला वेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान–५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, राष्ट्रियजनमोर्चाका भूमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे, नेपाल निजामतीकर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेश भण्डारी, नेपाली कांग्रेसअसुरकोट सभापति भेग बहादुर रोका, नेकपा एमाले असुरकोट अध्यक्ष होमवीर राना, माओवादी केन्द्र असुरकोट अध्यक्ष चुरामणी भण्डारी, राजमो असुरकोट प्रतिनिधि रेसम वि.क., उक्त संस्थाका संस्थापक सदस्यद्धोय दुर्गा प्रसाद बन्जाडे र बिष्णु प्रसाद श्रेष्ठ लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
पानीको सहि प्रयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।साधारणसभामा संस्थाको तर्फबाट अध्यक्ष शिव प्रसाद बन्जाडेले पेश गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जिवलाल बन्जाडेले पेश गर्नुभएको आर्थिक प्रतिवेदन छलफल तथा सुझाव सहित पारित भएको छ । प्रतिवेदन उपर उठेका जिज्ञासा र प्रश्नहरुको अध्यक्ष र कोषाध्यक्षले जवाफ दिनुभएको थियोभने माधव बन्जाडेले सहजीकरण गर्नुभएको थियो ।
खिल्जी–असुरकोट खानेपानी तथा सरसफाई योजना उपभोक्ता संस्थाले अहिले ४ सय८० घरधुरीमा एक घर एक धारा सिष्टम मार्फत पिउने पानीको सुविधा दिंदै आएकोछ । बर्षौंदेखि सेङलेङको फेदीबाट निस्किएको मुलको पानी उपयोग गर्दै आएकायि उपभोक्ताहरुलाई अहिले खाकबेसी–थाम्का लिफ्ट खानेपानी योजना मार्फत एकघर एक धारा जडान गरिएको अध्यक्ष शिव प्रसाद बन्जाडेको भनाई छ ।
कमेन्ट गर्नुहोस !