कांग्रेस अर्घाखाँचीले बीपी स्मृति दिवसमा वृक्षारोपण गर्‍यो

सन्धिखर्क,साउन ०७ ।नेपाली कांग्रेस अर्घाखाँचीले ४३औं बीपी स्मृति दिवसको अवसरमा मगंलबार वृक्षारोपण गरेको छ । बीपी कोइरालाको योगदानलाई सम्झँदै कांग्रेस पार्टीले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ को लदाम बगौंचामा धुपी सल्लो, तेजपात,आप लगायतका विरुवाको वृक्षारोपण गरिएको कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।अबको योजना भनेको लगाएका विरुवालाई संरक्षण गर्ने रहेको उहाँले बताउनुभयो।

वि.पि. कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि गरेका संघर्षहरूलाई स्मरण गर्दै वर्तमान पुस्ताले उहाँको विचारलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो। उहाँले प्रजातान्त्रिक मूल्य, मानवअधिकार र सामाजिक न्यायका लागि विपिले खेलेको भूमिकालाई आजका सन्दर्भमा समेत सान्दर्भिक रहेको दाबी गर्नुभयो ।


यस्तै फरक विषयमा बोल्दै उहाँले जिल्लाका हरेक समस्यालाई नागरिक मय बनाउन हरेक कार्यालयबाट प्रदान गरिने सेवामा नागरिक मैत्री बनाउने अभियान संचालन गरिएको सभापति श्रेष्ठको भनाई छ ।
यता जिल्लाका पुर्व सभापति कमल प्रसाद भुसालले पछिल्लो समय जनतामा बढ्दै गएको निरासापन हटाउन पदमा गएर कमी कमजोरी गर्ने जो सुकै लाई कारबाही गर्न जरुरी रहेको बताउनुभयो ।उहाँले बिपिको सिद्वान्त बोकेको पार्टीलाई एक ढिक्का बनाउन अघिपछि जस्तै चुनावमा पनि एक हुन आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघ अर्घाखाँचीले पनि समन्वय गरेको थियो ।,नेपाल महिला संघ अर्घाखाँची जिल्ला अध्यक्ष जानाका बन्जाडे , नेपाल प्रजातन्त्र सेनानी संघ अर्घाखाँचीकी उपाध्यक्ष लक्ष्मी श्रेष्ठले बिपीको सिद्वान्तमा पार्टी चल्न आवश्यक रहेको बताउनुभएको थियो।कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति विष्णु भुसाल,बाबुराम पौड्ेल, सन्धिखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठ,वडा नम्बर ८ का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे ,१२का वडा अध्यक्ष नारायण खड्का कांग्रेस निकट भातृसंस्था लगायतको सहभागीता रहेको कार्यक्रममा कांग्रेस जिल्ला सचिव कृष्ण खनालको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close