शितगंगा कांग्रेस सभापतिमा मोहन पन्थी निर्वाचित

अर्घाखाँची ।अर्घाखाँचीमा नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत पालिका स्तरको अधिवेशन शितगंगा नगरपालिकामा पनि सम्पन्न भएको छ ।नगरपालिकाको सभापतिमा मोहन पन्थी निर्वाचित हुनुभएको छ ।कुल भोट २ सय ५१ रहेकोमा पन्थीले १सय ४३ मत लिएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी मोती बेल्बासेले १सय६ मत प्राप्त गर्नु भयो । यस्तै उपसभापतिमा बिष्णुराज बेल्बासे र मान बहादुर सारु बिजयी हुनु भएको छ । यस्तै सचिवमा हेमनाथ भुसाल र चन्द्रमणि पौडेल निर्वाचित हुनु भएको छ । यस्तै सहसचिवमा ठाकुर प्रसाद बन्जाडे र चन्द्र बहादुर रेस्मी निर्वाचित हुनु भएको छ । नव निर्वाचित कांग्रेस नगर सभापति मोहन पन्थी
नगरपालिकाको वडा नम्बर ६ को वडाअध्यक्ष  समेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close