लुम्बिनीमा मुख्यमन्त्री कुलबहादुर केसी लाई विश्वासको मत प्राप्त

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।आज भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको छ । विपक्षमा कसैले पनि मतदान गरेका छैन् भने एकजना सांसद तटस्थ रहेका हुन ।लुम्बिनी प्रदेश सभा हाल ८० सदस्यीय रहेको छ ।केसीको पक्षमा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ ।
प्रदेश सभा सदस्य संख्याः ८०
उपस्थितः ४३
पक्षमाः ४२
विपक्षमाः ०
तटस्थः १
कमेन्ट गर्नुहोस !