भुमिकास्थानमा आगोले जलेर मृत्यु भएकी बालिकाको परिवारलाई प्रशासनले आर्थिक सहयोग गर्ये

रुद्रमणि भुसाल,सन्धिखर्क ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भुमिकास्थान नगरपालिका वडा नम्बर ५ असुरकोटमा सोमबार आगलागी परि मुत्यु भएकी ४ वर्षिय अप्सरा बिकको परिवारलाई ५० हजार नगद उनकी आमा सपना बिकलाई घरमै पुगेर हस्तान्तरण गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर क्षेत्रीले बताउनुभयो ।
त्यस्तै सरिता बिक, बाट बहादुर बिकको परिवारलाई नगद १५ हजार , ३ थान त्रिपाल ,रेडिमेट टेड २ थान र उद्योग बाणिज्य सघंले ३ कट्टा चामल दिएको उद्योग बाणिज्य संघका साजन ओलीले बताउनु भयो । राहत बितरणमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर क्षेत्रीसहित सुरक्षा निकायका प्रमुख ,वडा अध्यक्ष , पत्रकार लगायतको उपस्थिती रहेको थियो । प्रमुख जिल्ला अधिकारी क्षेत्रीले मृतकका परिवारलाई बाकी १लाख ५० हजार केहिदिनमै दिने बताउनु भयो । उहाँले मृततको परिवारलाई दुःखको घडिमा समबेदान समेत ब्यक्त गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !