मोतिपुर सन्धिखर्क प्रशारण लाईनको टावर मर्मत गर्न भोली पनि अर्घाखाँचीमा विद्युत अवरुद्व हुने

सागर महत,असार २३अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गतको मोतिपुर सन्धिखर्क १३२ के.भी. प्रशारण लाईनको टावर नम्बर २९ र ३० को मर्मत कार्यको लागि भोली मंगलबार बिहान ८बजे देखि १०ः३० बजे सम्म २ घण्टा ३० मिनेट र बेलुकी ५ बजेदेखि देखि ७ बजे सम्म २घण्टा विद्युत अवरुद्व हुने भएको हो ।

१३२ के.भी. लाईन सट–डाउन हुने भएकोले अर्घाखाँची वितरण केन्द्र अन्तर्गतका सम्पुर्ण स्थानहरूमा उक्त समयमा विद्युत अवरुद्व हुने नेपाल नेपाल विद्युत प्राधिकरण, अर्घाखाँची वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।सोमबार मर्मतको काम पुरा नसकिएकाले पुन मंगलबार काम गर्न लागिएको समेत जनाएको छ ।यस्तै सम्भव भएसम्म गुल्मी तथा पाल्पाबाट वैकल्पिक रुटबाट विधुत सप्लाई गरिने पनि प्राधिकरणको योजना रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close