अर्घाखाँचीःढाकावाङमा बोयर जातका बोका वितरण

टेकराज भुसाल,भुमिकास्थान ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका को ढाकावाङ्गका बोयर जातका बिउका बोका र औषधि वितरण गरिएको छ ।बाख्रा पालक कृषकको लागि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको आर्थिक सहयोग तथा प्रगति कृषक सहकारी संस्था लिमिटेडको सहजीकरणमा वडा नम्बर १ र २ का सहकारीमा आवद्ध कृषकलाई ५० प्रतिसतका बोयर जातका बिउका बोकाहरु वितरण गरिएको हो।
ढाकावाङ्गका विभिन्न क्षेत्रमा बाख्रा पालन गर्ने ६ जना कृषकलाई भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेल र प्रगति कृषक सहकारी संस्था ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसालले बोयर जातका बिउका बोकाहरु वितरण गर्नुभएको हो।सो अवसरमा बोल्दै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले भूमिकास्थान नगरपालिकाको एक मात्रै बोयर बाख्रा प्रजनन स्रोत केन्द्र प्रगति सामुदायिक बोयर ब्रिडर हर्ड रहेको बताउदै ब्रिडर हर्ड व्यवसायीककरणमा जान नसक्दा उत्पादन भएका बोयर जातका पाठाहरु बिक्री हुन नसकेको र कृषकले राम्रो आम्दानी प्राप्त गर्न नसकेको बताउनुभयो।
प्रगति कृषक सहकारी संस्था लिमिटेड ढाकावाङ्गका अध्यक्ष भुवानन्द भुसालले सहकारीमा आवद्ध कृषकले प्राप्त गरेका बोकाहरुलाइ राम्रोसंग पालन पोषण गर्ने र प्रजनन ब्यबस्थापन गर्ने प्रतिबद्धता सहित कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगर प्रवक्ता तथा ४ नम्बर वडाका वडाध्यक्ष बाबुराम पन्थी सुनार, १ का अध्यक्ष गोपाल प्रसाद खनाल, २ का अध्यक्ष बुद्धि बहादुर थापा, ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रतिनिधि सुन्दरलाल बिक, योगेन्द्र मरासिनी, विभिन्न संघसंस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख बिष्णुप्रसाद पौडेलको अध्यक्षता, प्रगति कृषक सहकारी संस्थाका सचिब केबि राउतको संचालनमा सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस !