बुटवलमा प्रभावकारी भाषणकला तालिम सम्पन्न

बुटवल, असार १७।Login Education and Technical Network Pvt.Ltd. को आयोजनामा बुटवलको गोलपार्कमा सात दिने प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ। सार्वजनिक अभिव्यक्ति, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा रुपन्देही सहित कपिलवस्तु, पाल्पा र नवलपरासीका विभिन्न क्षेत्रका युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमका बिशेश प्रशिक्षक तथा भाषणकला विज्ञ रमेश अर्यालले समापन समारोहमा सम्बोधन गर्दै प्रभावकारी अभिव्यक्ति कला केवल सफल नेतृत्वका लागि मात्र नभई मानसिक स्वास्थ्यका लागि पनि अपरिहार्य रहेको बताउनु भयो। उहाँले भन्नु भयो, “मनका कुरा खुलेर व्यक्त गर्न नसक्दा धेरै युवामा आत्मविश्वासको अभाव देखिन्छ, जसले दीर्घकालीन मानसिक असर पार्न सक्छ।” प्रशिक्षणका क्रममा प्रशिक्षक गणेश भण्डारी, कल्पना कुसुम ,कल्पना गौडेल र भागवत भट्टराईले उद्घोषण कला, आत्मविश्वास अभिवृद्धि, प्रस्तुति कला लगायतका विविध विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका दिनु भएको थियो।
सहभागीको तर्फबाट बोल्दै मनिषा पोख्रेलले तालिम अत्यन्त उपयोगी र प्रेरणादायी भएको बताउनु भयो । समापन कार्यक्रमको सञ्चालन प्रशिक्षक गणेश भण्डारीले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष अर्जुन खनालले सहभागीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले यस्ता कार्यक्रमले युवाहरूमा नेतृत्व क्षमता र अभिव्यक्तिको दक्षता बढाउने उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कमेन्ट गर्नुहोस !