जुम्ल्याहा दाजुबहिनी जो सँगै अस्ताए

बुटवल ।स्याङ्जाको गल्याङ नगरपालिका ३ स्थायी घर भएका जुम्ल्याहा दाजुबहिनी १५ वर्षीय दीपेश र दीपिका भट्टराईको मृत्यु भएको छ ।सँगै जन्म भएका उनिहरु सँगै मृत्यु भएको हो ।धादिङको झ्याप्ले खोलामा शुक्रबार राति पहिरोमा परेर उनकी आमाको पनि मृत्यु भएको हो । आमा सँगै शुक्रबार बुटवलबाट काठमाडौंका लागि हिँड्नुभएको थियो ।उहाँहरुको आमा सीता भट्टराईको पनि मृत्यु भएको हो ।

स्याङ्जा स्थायी घर भए पनि उहाँहरू बुटवलको योगीकुटीमा बसेर देशकै ठूलो सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविमा कक्षा १० मा पढ्दै हुनुहुन्थ्यो । पढाइमा तीक्ष्ण दुवै विद्यालयसहित बाहिर हुने विभिन्न प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो । त्यही क्रममा एस्ट्रोनोमी ओलिम्पियाड सोसाइटीले काठमाडौंमा असोज १७ गते नेसनल एस्ट्रोनोमी ओलिम्पिया प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा सहभागी हुन उहाँहरु जानुभएको विद्यालय श्रोतले जनाएको छ ।उक्त दुर्घटनामा एउटै बसमा सवार उनीहरु संगै १४ जना यात्रु त्यहीँ अस्ताएका थिए।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close