छत्रदेव गाउँपालिका र ललितपुर महानगरपालिका बिच विकाश निर्माणका काममा समन्वय गर्ने विषयमा छलफल

सन्धिखर्क ,साउन १८ ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन बिच भेटघाट भएको छ ।भेटमा दुवै स्थानीय तहबिच विकाश निर्माणका बारेमा समन्वय गर्ने बारे छलफल भएको हो।
गाउँपालिकाको समग्र विकास निर्माणमा महानगरपालिकाले गर्न सक्ने सहयोगका बारेमा छलफल भएको भेटमा सहभागी छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।
शनिबार शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास बारेमा पनि छलफल भएको हो ।यस किसिमको भेटघाटले छत्रदेव गाउँपालिका र ललितपुर महानगरपालिकाबीच आपसी सम्बन्ध तथा सद्भाव थप प्रगाढ हुने अपेक्षा राखिएको छ ।महानगरपालिकामा भएको भेटघाटमा दुवै पालिका प्रमुखका अलावा वीर हस्पिटलका सहायक डिन वरिष्ठ न्युरोलोजिष्ट डा. राजेन्द्र श्रेष्ठ,समाजसेवी युवराज श्रेष्ठको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !