अर्घाखाँचीमा किसानलाई कृषि कर्जामा समस्या छःकोइराला

सन्धिखर्क ,जेठ २० ।अर्घाखाँचीमा किसानलाई बैंकबाट कर्जा लिन निकै सास्ती हुने गरेको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले बताउनुभएको छ। आज सन्धिखर्कमा कृषि विकास बैंक लिमिटेड कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभाग काठमाण्डौंले राखेको कृषिका समावेशी रूपान्तरणको लागि मूल्य श्रखला VITA परियोजनामा कलस्टर स्त्तरिय बाख्राको मूल्य —श्रृंखला बहुसरोकारवाला गोष्ठि कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।कागजपत्र नमिलेको, धितो नपुगेको, आम्दानीको स्रोत नपुगेको लगायत बहानामा उनले ऋण नपाएको बताउनुभयो ।

यस्तै केहि बैंकले लघुवितिय संस्था संग समन्वय गरेर कर्जा प्रदान गर्ने र सेवा ग्राहीले ऋण तिरे पनि नतिरेको देखाएका कारण अर्घाखाँचीमा केहि घर छोडेर हिड्न बाध्यता समेत भएको समन्वय प्रमुख कोइरालाको भनाइ छ ।स्थानीय तहले पनि कृषि संग सम्बन्धीत बैंक क्षेत्रसंग समन्वय गरेर संचालन गरेका कार्यक्रममा समस्या हुँदै आएको सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको बताउनुभयो।

मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई,कृषिमा आबद्व कार्यालय,मासु व्यवसायी लगायतको सहभागी रहेको कार्यक्रम कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय भैरहवाको समन्वय रहेको निर्देशक नवराज न्यौपानले बताउनुभयो ।उहाँका अनुसार कृषि क्षेत्रमा किसानलाई टेवा पुगोस भनेर कार्यक्रम गरिएको बताउनुभयो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close