टोपबहादुर रायमाझीको पेसी साउन १८का लागि तोकियो

अर्घाखाँची ,साउन ७।नक्कली भुटानी शरणार्थी प्रकरणमा २ वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका एमाले का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको बकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ ।
पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्यविरुद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी बयानसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !