नेपालले अमेरिकालाई ५ विकेटले हरायो

काठमाण्डौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए ।यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो ।लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडेर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस !